२६ बैशाख २०८१, बुधबार

कम्युनिष्टहरूको पुनः वाम एकता हुने प्रधानमन्त्री दाहालको संकेत

प्रकाशित मिति :  22 April, 2024 10:39 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरूको पुनः वाम एकता हुने संकेत गरेका छन् । सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् ।

उनले कम्युनिष्टहरूलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै उनले राम्रो कामका लागि प्रयास जारी राख्ने बताए । कम्युनिष्टहरूको वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने उनले बताए ।

उनले भने, “राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प छैन् । समाजवाद नै अबको क्रान्तिको बाटो हाे र कम्युनिष्टहरू कुनै न कुनै रूपले सहकार्य र एकतामा जान आवश्यक छ ।”

राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री दाहालले मानव जाति जतिसुकै विकसित भएपनि जलवायु परिवर्तनको कारणले यदी प्रकृृति, समाज र मानव चिन्तन भन्दा बाहिर गएर गतिविधि गर्न थाले प्रकृतिले जवाफ दिने बताए ।



प्रतिक्रिया दिनुहोस !