२१ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्रालयको सचिवमा मधु कुमार मरासिनी

प्रकाशित मिति :  22 April, 2024 1:14 pm


काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

सरकारले पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएलगत्तै मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएर पठाइएको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस !