२५ बैशाख २०८१, मंगलबार

एमालेको हिरक महोत्सव समारोहमा प्रधानमन्त्रीसहितका शिर्ष नेताहरू सहभागी

प्रकाशित मिति :  22 April, 2024 1:23 pm


काठमाडाैँ । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका शिर्ष नेताहरू सहभागी भएका छन् ।

साेमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रूपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए । समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मान गर्नेछ ।

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (एमाले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू सहभागी भएका थिए । त्यसैगरी उद्योगी, व्यवसायी, कुटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन् । एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !