१० जेष्ठ २०८१, बिहिबार

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

प्रकाशित मिति :  22 April, 2024 1:48 pm


काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । नेकपा स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा सोमबार गोदवारीमा आयोजित कार्यक्रममा भण्डारीलाई सम्मान गरिएको हो ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरूको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै सो सम्मान गरेको हो ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उनलाई सो सम्मान प्रदान गरेका हुन् ।

भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भुमिका पनि निर्वाह गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सो सम्मान प्रदान गरेको भन्दै एमालेप्रति आभार व्यक्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !