२१ बैशाख २०८१, शुक्रबार

आज १८ औं लोकतन्त्र दिवस

प्रकाशित मिति :  23 April, 2024 8:26 am


काठमाडौँ । आज १८ औं लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम गरी नेपालभर मनाइँदैछ । आजको दिन तत्कालीन राजा ज्ञानेन्द शाहको प्रत्यक्ष शासन अन्त्य भइ लोकतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !