२१ बैशाख २०८१, शुक्रबार

ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  23 April, 2024 9:50 am


काठमाडौँ । ताइवानमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु भएर गएको भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ ।

भूकम्पको धक्का जापान, चीन र फिलिपिन्समा पनि महसुस गरिएको छ । सोमबार साँझ ५ बजेदेखि राति १२ बजेसम्म ताइवानमा दर्जनौं भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !