२२ बैशाख २०८१, शनिबार

सुनचाँदीको मूल्यमा भारी गिरावट

प्रकाशित मिति :  23 April, 2024 11:16 am


काठमाडौँ । नेपाली बजारमा छापावाला सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको २ हजार ७०० रुपैयाँ घटेर तोलाको एक लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबार चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । सोमबार तोलाको १७०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार तोलामा ४५ रुपैयाँले घटेर तोलाको १६६० रुपैयाँ कारोबार मस्ल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !