२१ बैशाख २०८१, शुक्रबार

बालाजु बाइसधारा मेलामा भक्तजनको घुइँचो (फोटोफिचर)

प्रकाशित मिति :  23 April, 2024 12:26 pm


काठमाडौँ । ऐतिहासिक महत्व बोकेको काठमाडौँको बाइसधारामा आज मेला लागेको छ। बिहानैदेखि भक्तालुको घुइँचो लागेको छ। चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको छ। । बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि वृद्धवृद्धाहरू यहाँ पुगेका छन्।

तस्विरः पुष्प पाल



प्रतिक्रिया दिनुहोस !