२१ बैशाख २०८१, शुक्रबार

‘लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भूमिकालाई परिस्कृत गर्नुपर्छ’

प्रकाशित मिति :  23 April, 2024 5:19 pm


काठमाडाैँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले लोकतन्त्रलाई बलियो बनाउन हरेकले आफ्नो भुमिका थप परिस्कृति बनाउन जरुरी रहेको बताएकी छन् ।

लोकतन्त्र दिवसको अवसर पारेर मंगलवार काठमाडौँमा आयोजित ‘लोकतान्त्रिक प्रणाली नीति, नेतृत्व र नैतिकता’ विषय छलफल कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र नागरिक समाजले लोकतन्त्रलाई बलियो बनाउनका लागि आफ्नो भुमिका थप परिस्कृत बनाउनुपर्ने बताएकी हुन् ।

सचेतक बरालले लोकतन्त्रलाई बलियो बनाउने गरी राजनीतिक नेतृत्व र त्यसको नैतिकताको विषयमा पनि खबरदारी गर्ने कुरालाई निरन्तरता दिनुपर्ने धारणा समेत राखिन्।

उनले हालसम्म प्राप्त अनुभव र अनुभुतिका विषयलाई आत्मसात गरेर अघि बढ्नसके समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन कुनैपनि समस्या नहुने विश्वास व्यक्त गरिन् । सचेतक बरालले एउटा सांसदको हैसियतले आफूले लोकतन्त्रको सुदृढीकरणका लागि इमान्दार ढंगले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

सचेतक बरालले राष्ट्रको समृद्धि र स्वाभिमानमा आँच आउन नदिने काममा पनि आफू लागिपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !