२४ बैशाख २०८१, सोमबार

बुधवार कहाँ कहाँ वर्षा र हावाहुरीको सम्भावना छ?

प्रकाशित मिति :  24 April, 2024 6:55 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बुधवार बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।

बुधवार लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना छ।

दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सचेत रहन अनुराेध गरिएकाे छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बारे जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !