२४ बैशाख २०८१, सोमबार

ल्याक्मेको नयाँ सनस्क्रिन नेपाली बजारमा

प्रकाशित मिति :  24 April, 2024 7:54 am


काठमाडौँ। सौन्दर्य ब्राण्ड ल्याक्मेले नयाँ सनस्क्रिन लोसन नेपाली बजारमा ल्याएको छ । युनिलेभर नेपाल अन्तर्गतको ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको एसपीएफ ५० र एसपीएफ ३० नेपालमा सार्वजनिक गरेको हो ।

दुबै उत्पादन नेपालमै उत्पादित हुन् । देशभर उपलब्ध रहेको जनाइएको यी लोसनले युभीए विरुद्ध सुरक्षा प्रदान गर्ने दाबी कम्पनीको छ ।

सुर्यबाट आउने युभीए किरणहरूलाई ९७ सम्म रोक्ने दाबी कम्पनीको छ । छालासम्बन्धी परीक्षण गरेर ल्याइएका यी लोसन छालाका प्रकारहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

कम्पनीले सनस्क्रीन लोसनको सार्वजनिक फरक तरिकाले गरेको छ । दरबारमार्गको सडकमा एउटै प्रकारका पहेँलो पहिरणमा लोसन हातमा लिएका युवतीहरुले प्रदर्शन गरेका थिए ।

स्टुन इन द सन ट्यागलाइनको साथमा ल्याक्मे सनस्क्रिनसँग सार्वजनिक गरिएको हो । दरबारमार्गदेखि झमिखेलसम्म पहेँलो छाताहरू चर्चाको विषय बनेका थिए।

ल्याक्मेले भनेको छ, “ल्याक्मेको साथ, तपाईँ सूर्यबाट लुक्न आवश्यक छैन । तपाईँ सुरक्षित र सुन्दर हुनुहुन्छ भनी थाह पाएर तपाईँ आत्मविश्वासका साथ प्रकाशमा जान सक्नुहुन्छ। ल्याक्मेसँग सूर्यमा स्तब्ध हुने स्वतन्त्रता पत्ता लगाउनुहोस् ।”



प्रतिक्रिया दिनुहोस !