२४ बैशाख २०८१, सोमबार

२०७२ सालको महाभूकम्पको ९ वर्ष पुरा, बारपाकमा आज सार्वजनिक बिदा

प्रकाशित मिति :  24 April, 2024 10:05 am


काठमाडौँ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको गएको आज ९ बर्ष पुगेको छ । सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी आज महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।

वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको महाभूकम्पमा परी करिब ९ हजार मानिसको मृत्यु भएको थियो । २२ हजार भन्दा बढि घाइते भएका थिए । भूकम्पले गोरखा, सिन्धुपाल्चोक, काभ्रे,ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, मकवानपुरमा बढी क्षति गरेको थियो ।

भूकम्पबाट झण्डै पाँच लाख घरहरु क्षति भएका थिए । भूकम्प कारण हजारौंको संख्यामा मानिसहरु विस्थापित बने । भूकम्पबाट ८ हजार बढि विद्यालयका भवनहरु भत्किएका छन् । करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखौँ निजी तथा सरकारी घर/भवनहरु भत्किएका थिए ।

भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा आज सार्वजनिक बिदा दिइएको छ । भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।



प्रतिक्रिया दिनुहोस !