२४ बैशाख २०८१, सोमबार

तोलामा ५०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  24 April, 2024 11:05 am


काठमाडौँ । नेपाली बजारमा आज वुधबार छापावाला सुनको मूल्य तोलाको ५०० बढेको छ । सुनचाँदी महासंघको जानकारी अनुसार छापावाला सुन तोलाको ५०० रुपैयाँ बढेर तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको महाशाखाले जनाएको छ । महासंघका अनुसार मंगलबार तोलामा १६६० रुपैयाँमा कारोबार भएको चाँदी आज वुधबार तोलामा १० रुपैयाँ बढेर तोलाको १६७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !