२४ बैशाख २०८१, सोमबार

स्वदेश फर्किए कतारका राजा

प्रकाशित मिति :  24 April, 2024 1:34 pm


काठमाडौँ । दुई दिने राजकीय भ्रमणका लागि आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी आज दिउँसाे स्वदेश फर्किएका छन् ।

हिजाे (मंगलबार) दिउँसो काठमाडौँ उत्रिएका थानी स्वदेश फर्किएका हुन् । उनलाई बिदाई गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !