२३ बैशाख २०८१, आइतबार

सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छः मन्त्री चौधरी

प्रकाशित मिति :  24 April, 2024 5:05 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरूको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिएकी छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बुधवार काठमाडौँमा आयोजना गरेको हिमालयन हाईड्रो एक्स्पोमा बोल्दै उनले सो कुरा बताएकी हुन् । मन्त्री चौधरीले व्यापार व्यवसायमा महिलाहरूको संख्या न्युन रहेकाले उनीहरूको संख्या वृद्धि गर्ने कुरामा लाग्नुपर्ने बताइन् ।

उनले महिलाहरूलाई हतोत्साही नहुने गरी अघि बढाउन आफनो मन्त्रालयले सक्दो पहल गर्ने बताइन् । मन्त्री चौधरीले महिलामैंत्री बजेट बनाउनका लागि आफूले अन्तर मन्त्रालयहरूबिच छलफल गरेको पनि स्मरण गराइन् । उनले महिलामैंत्री बजेटको व्यवस्था गर्न अन्य मन्त्रालयलाई आग्रह गरिन् ।

मन्त्री चौधरीले महिलाहरूलाई व्यापार व्यवसायमा आउनका लागि आवश्यक वातावरण बनाउनका लागि ऐन, कानून संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।



प्रतिक्रिया दिनुहोस !