ओलीले भने: सुहाङ, अब संसद् भवनमै भेटौँला !
प्रकाशित मिति : 24 April, 2024 9:09 pm

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका तर्फका उम्मेदवार रहेका सुहाङ नेम्वाङलाई अब संसद् भवनमै भेट्ने भन्दै शुभकामना दिएका छन् । उनले सो कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका हुन् ।
ओलीले भनेका छन्, “चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि –सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरू हुन्छ। सुहाङ, अब संसद् भवनमै भेटौँला !”
.
उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौन अवधि सुरू हुँदैछ ।