२२ बैशाख २०८१, शनिबार

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

प्रकाशित मिति :  25 April, 2024 7:45 am


Election commission

काठमाडौँ । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता अनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसारमा रोक लगाइको हो ।

निर्वाचन आयोगले मतदान हुने दिन वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि सोमबार १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !