२२ बैशाख २०८१, शनिबार

आज २५ औं मनमोहन स्मृति दिवस

प्रकाशित मिति :  25 April, 2024 9:37 am


काठमाडौँ । आज मनमोहन अधिकारीको २५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।

मनमोहन अधिकारीले २०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्वमा रहेको पालामा वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरू गरेका थिए ।

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !