२३ बैशाख २०८१, आइतबार

श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँः मन्त्री अर्याल

प्रकाशित मिति :  25 April, 2024 4:56 pm


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन् ।


toploisir.com dymytr povlečení pánský náhrdelník kůže zub pánský náhrdelník kůže zub bundy kilpi damske panske tricka suchemuryesklep.pl vm 1986 trøje panske tricka pánský náhrdelník kůže zub tutobon.com beckmann 12l vm 1986 trøje panske tricka vm 1986 trøje

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरूका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका छन् ।

उनले बैठकमा बोल्दै श्रम स्वीकृती प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एकघण्टामा दिदाँ प्रक्रिया नपु¥याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए ।

सांसदहरुले एक घण्टामा श्रम स्वीकृती दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरू अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरुले दुःख नपाउने धारणा राखेका थिए ।

त्यसपछि बोल्दै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे । उनले एकघण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेछ ४४ सेकेण्डमै दिने गरिएको दाबी गरे ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भएपनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेका बताए ।



प्रतिक्रिया दिनुहोस !