२२ बैशाख २०८१, शनिबार

यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

प्रकाशित मिति :  25 April, 2024 5:51 pm


काठमाडौँ । सरकारले फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।


villapalmeraie.com tutobon.com beckmann 12l panske tricka bundy kilpi damske truhlarstvibilek.cz tutobon.com beckmann 12l panske tricka pánský náhrdelník kůže zub tutobon.com beckmann 12l feinsmecker strømper toploisir.com sevilenotocekici.com

बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्यका बारेमा मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको बताइन् ।

उनले तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताहरुले व्यहोर्नुभएको समस्या समाधानको प्रक्रिया शुरु गर्ने निर्णय भएको बताइन् ।

उनले विद्यमान कानूनबाट सहकारी पीडितका समस्या समाधान हुनसक्ने स्थिति नरहेको भन्दै आवश्यक परे संरचना बनाएर समस्या समाधान गर्ने बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
१) उच्च अदालत पाटनका माननीय न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३।१ अनुसार पुरावेदन समितिको अध्यक्ष तोक्ने ।

२)सहकारीहरूको समस्याका बारेमा गम्भीर रूपमा छलफल भयो । यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने ।

३) हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने ।



प्रतिक्रिया दिनुहोस !