२३ बैशाख २०८१, आइतबार

यस्तो रहनेछ शुक्रवार र शनिवारको मौसम

प्रकाशित मिति :  26 April, 2024 6:36 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शुक्रवार बिहानीपख गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।


tutobon.com saralilphoto.com saralilphoto.com ribstol elan saralilphoto.com villapalmeraie.com stenyobyvaci.cz pánský náhrdelník kůže zub villapalmeraie.com wiener-bronzen.com ribstol elan teplakova suprava panska stenyobyvaci.cz thepolarispetsalon.com wiener-bronzen.com

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार र शनिवार देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

विभागका अनुसार सुक्रवार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा शुक्रवार दिउँसो हावा–हुरीको सम्भावना रहेको छ।

शुक्रवार राती देशभर आंशिक बदली देखि मौसम सफा रहने छ पूर्वानुमान छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिवार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना पनि छ । शनिवार दिउँसो लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

शनिवार राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही देशको बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !