२३ बैशाख २०८१, आइतबार

कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेनः राजदुत ढकाल

प्रकाशित मिति :  26 April, 2024 7:05 am


काठमाडौँ। कतारका लागि नेपालका राजदुत डा. नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणामा सम्झौता हुन नसकेको बताएका छन्।


pánský náhrdelník kůže zub ribstol elan ribstol elan ribstol elan teplakova suprava saralilphoto.com teplakova suprava panska teplakova suprava teplakova suprava wiener-bronzen.com saralilphoto.com stenyobyvaci.cz ribstol elan teplakova suprava teplakova suprava panska

नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको जानकारी गराए ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजदुत ढकालले नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताए।

उनले उहाँले कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हने श्रम सम्झौतालाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले श्रम सम्झौता हुन नसकेको जनाए।

श्रम सम्झौता नेपाल कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको चर्चा गर्दै उनले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताए।

ढकालले नेपाल सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा बिस्तारका लागि सकारात्मक रहकाले पहल र प्रयास गरिने जानकारी दिए।

उनले कतारका अमिरको नेपाल भ्रमणले कतार नेपालबीच लगानी र सहयोगका ढोकाहरु खुलेको दाबी गरे। कतारको राजदुतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने उनको भनाइ छ।

राजदुत ढकालले मुलुकमा सरकार परिवर्तन भएपनि राजदुतको व्यक्ति भन्दा पनि राजदुत सम्बन्धि स्पष्ट नीति बनाएर पूर्णकालिन रुपमा काम गर्नु दिँदा मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने तर्क गरे।

उनले राजदुतहरुको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गरे।

सरकारले कतारसँग गरेका सम्झौताहरु कार्यान्वयनको लागि पनि अमिरको भ्रमणको करिव एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदुत पनि कम्तिमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दाबी उनको छ।

राजदुत ढकालले यो कुरा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बुझेकाले तत्काल आफूलाई तत्काल र्फिता नबोलाउने विश्वास दिलाउनु दिलाए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !