२४ बैशाख २०८१, सोमबार

महँगियो सुन, यस्तो छ आजको मूल्य

प्रकाशित मिति :  26 April, 2024 12:09 pm


काठमाडौँ ।शुक्रबार नेपाली बजारमा सुनको मूल्य महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको जानकारी अनुसार आज तेजावी सुनको मूल्य ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !