२४ बैशाख २०८१, सोमबार

नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल

प्रकाशित मिति :  26 April, 2024 4:23 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए । नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए । उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, “अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो ।”

अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशीलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए ।



प्रतिक्रिया दिनुहोस !