२९ बैशाख २०८१, शनिबार

यस्तो रहनेछ आइतवारको मौसम

प्रकाशित मिति :  28 April, 2024 7:38 am


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतवार बिहानीपख गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम साधारणतया सफा रहेको छ।

आगामी २४ घण्टामा कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !