२९ बैशाख २०८१, शनिबार

इलाम २ मा ११ बजेदेखि मतगणना सुरु हुने

प्रकाशित मिति :  28 April, 2024 10:23 am


काठमाडौँ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत इलाम-२ को मतगणना बिहान ११ बजेदेखि शुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

आज बिहान ११ बजेदेखि इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो । १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा इलाम २ मा ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन भएको हो ।



प्रतिक्रिया दिनुहोस !