३० बैशाख २०८१, आइतबार

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

प्रकाशित मिति :  28 April, 2024 11:34 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१’ जारी गरेका हुन् ।

संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानुनहरू संशोधन गरेको थियो। नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो ।

तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !