२९ बैशाख २०८१, शनिबार

इलाम –२को मतगणना फाकफोकथुम गाउँपालिकाबाट सुरु

प्रकाशित मिति :  28 April, 2024 11:32 am


फाइल फाेटाे

काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । मतगणना फाकफोकथुम गाउँपालिकाबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।

आइतबार (आज) बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना सुरु भएको छ ।

निर्वाचन वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन अधिकृत घिमिरेले बताए । उनले भने परिणाम अलग अलग सार्वजनिक गर्ने तयारी गरेका छौ त्यसैले एउटा वडाका जतिवटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।



प्रतिक्रिया दिनुहोस !