३१ बैशाख २०८१, सोमबार

बझाङ प्रदेशसभा–१को मतगणना सुरु

प्रकाशित मिति :  28 April, 2024 2:17 pm


काठमाडौं । बझाङ प्रदेशसभा–१ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । आइतबार दिउँसो एक बजेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बझाङको सदरमुकाम चैतनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेसँगै मतगणना सुरु भएको हो । जिल्ला अदालतको भवनमा मतगणना भइरहेको हो।

छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ बाट गणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !