३१ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

प्रकाशित मिति :  28 April, 2024 5:18 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले आफूले देश र जनताको हितमा इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार पद तथा गोपनीयताको शपथ लिएसँगै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

उनले भनिन्, “अब मेरो भुमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भुमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उचाईमा पु¥याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु ।”

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन् । उनी पूर्वराजदूत समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !