३० बैशाख २०८१, आइतबार

इलाम २ मा मतगणना जारी, काँग्रेस उम्मेदवार खड्का अग्रस्थानमा

प्रकाशित मिति :  28 April, 2024 5:35 pm


काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना हुँदा नेपाली कांग्रेसको अग्रता कायम छ । एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् ।

४ हजार १ सय ८१ मतगणना हुँदा कांग्रेसका डम्बरबहादुर खड्काले १ हजार ६४३ र एमालेका नेम्वाङले १ हजार ६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !