३० बैशाख २०८१, आइतबार

बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो

प्रकाशित मिति :  28 April, 2024 6:12 pm


काठमाडौँ । बझाङ–१ को प्रदेशसभा उपचुनावअन्तर्गत जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीले सुरूवाती अग्रता कायम नै राखेका छन्। छविसपाथिभेरा गाउँपालिकाका ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले १५९३ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९९८ मत पाएका छन्। तेस्रो स्थानमा ओर्लिएमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९९५ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ मत पाएका छन्। राप्रपाका किशोर खड्काले ३४ मत पाएका छन्। बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्।



प्रतिक्रिया दिनुहोस !