३० बैशाख २०८१, आइतबार

इलाम २: सुहाङको अग्रता, कांग्रेसका डम्बर पछाडि

प्रकाशित मिति :  28 April, 2024 6:53 pm


काठमाडौँ । इलाम २ को मतगणना जारी रहँदा नेकपा एमालेमा सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ मा पुग्दा नेम्वाङले अग्रता लिएका हुन् ।

वडा नम्बर ४ को समेत गणना सकिँदा एमाले नेम्वाङले २ हजार ५४२ मत पाएको छ भने कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार १९७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !