३१ बैशाख २०८१, सोमबार

इलाम-२: सुहाङ एकहजार मतले अगाडि

प्रकाशित मिति :  28 April, 2024 8:46 pm


काठमाडौँ । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिएका छन् ।

नेम्वाङ ३७८३ मत ल्याउँदा नेपाली कांग्रेसका डम्बर खड्काले २७८२ मत ल्याएका छन् । उनीहरूबिच १००१ को मतान्तर रहेको छ ।

स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७८४ मत ल्याउँदा रास्वपाका मलिन लिम्बूले ५६१ मत पाएका छन् । हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ ।



प्रतिक्रिया दिनुहोस !