२ जेष्ठ २०८१, बुधबार

इलाम–२मा सुहाङको अग्रता कायमै

प्रकाशित मिति :  29 April, 2024 10:48 am


काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले नेपाली कांग्रेसका नेता डम्बरबहादुर खड्कालाई ३०५९ मतले पछि पारेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतले अग्रता लिएका छन् भने कांग्रेसका खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५ हजार ५९१ मत ल्याएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत प्राप्त गरेका छन् ।

अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम(२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।



प्रतिक्रिया दिनुहोस !