२ जेष्ठ २०८१, बुधबार

इलाम–२: एमालेको अग्रता कायमै

प्रकाशित मिति :  29 April, 2024 12:38 pm


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

सुहाङले ११ हजार ६१९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले ७ हजार ६५९ मत ल्याएका छन् । सुहाङ ३ हजार ९६० मतले अगाडि छन् ।

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले १ हजार ५९६ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !