२ जेष्ठ २०८१, बुधबार

अभिनेता एवं गायक सिपी लोहनीको निधन

प्रकाशित मिति :  29 April, 2024 5:06 pm


काठमाडौँ । अभिनेता एवं गायक सिपी लोहनीको निधन भएको छ । सोमवार मध्यान्ह उनको काठमाडौँस्थित एक अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अल्जाइमर र पार्किन्सनबाट पीडित थिए । उनको निधनसँगै अस्पतालमा पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्नेको भीड छ ।

कलाकार लोहनी निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो चलचित्र माईतीघरका अभिनेतासमेत थिए । सिपी लोहनीको नामबाट प्रसिद्ध उनको पूरा नाम भने चिदाम्बरप्रसाद लोहनी हो ।

अभिनेतासँगै गायकसमेत रहेका सिपीको माईतीघर सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह भएको थियो । माइतीघर सन् १९६६ मा रिलिज भएको थियो । लोहनी झ्याउरे गीतका जानकार समेत थिए ।



प्रतिक्रिया दिनुहोस !