२ जेष्ठ २०८१, बुधबार

इलाम २: एमाले उम्मेदवार नेम्वाङकाे मत १६ हजार नाघ्यो

प्रकाशित मिति :  29 April, 2024 5:11 pm


काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ८२५ मत पाएका छन् ।

रास्वापाका मिलन लिम्बूले दुई हजार ६४५ मत पाएका छन् । गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !