८ जेष्ठ २०८१, मंगलबार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी, रास्वपाको जमानत जफत

प्रकाशित मिति :  30 April, 2024 7:26 am


काठमाडौँ। प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।

उनले २७ हजार ७७२ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

बुबा स्वर्गीय सवास नेम्वाङ विजयी भएको सो क्षेत्रमा सुवाङ विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् ।

प्रदेश सभा सदस्यका लागि बझाङ ९१० मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !