८ जेष्ठ २०८१, मंगलबार

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

प्रकाशित मिति :  30 April, 2024 11:46 am


काठमाडौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

मंगलबार(आज) बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको कार्यालयले जनाएको छ ।

सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले थप एउटा मन्त्रालय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ भएको छ ।

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !