४ जेष्ठ २०८१, शुक्रबार

सुहाङको विजय सभालाई ओलीले सम्बोधन गर्ने

प्रकाशित मिति :  30 April, 2024 10:41 am


काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे इलाम बजारमा आयोजना हुने विजय सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज इलाम जादैछन्।

वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ नेम्वाङले २७ हजार ७७२ मतसहित इलाम २ मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । त्यस्तै रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए । लिम्बुले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जोगाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस !