४ जेष्ठ २०८१, शुक्रबार

नेम्वाङलाई बधाई दिँदै लामिछानेले भने: जित्न सकिएन, सिक्न सकियो

प्रकाशित मिति :  30 April, 2024 12:42 pm


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले निर्वाचित नेम्वाङलाई बधाई दिएका हुन् । सभापति लामिछानेले आफ्ना पार्टीका उम्मेदवार मिलन लिम्बूलाई मत दिनेहरूप्रति आभार समेत प्रकट गरेका छन् ।

उनले भनेका छन्, “इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबैप्रति आभारी छु । रास्वपा उम्मेदवार मिलन लिम्बुलगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो ।”

उनले निर्वाचन जित्न नसकिए पनि सिक्न भने सकिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !