४ जेष्ठ २०८१, शुक्रबार

इलाम–२को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको छ : रास्वपा

प्रकाशित मिति :  30 April, 2024 1:01 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को निर्वाचन परिणामले पार्टीलाई सचेत बनाएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै रास्वपाले निर्वाचन परिणामले पार्टीका प्रयासहरूमा कमीकमजोरी रहेको र त्यसलाई सच्याउँदै अघि बढ्ने जनाएको छ ।

सही समयमा घण्टी नबजाएर बझाइदिएको सांकेतिक घण्टीले पाटीलाई सचेत बनाएको भन्दै रास्वपाले पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने जनाएको छ ।

‘जारी विज्ञप्तीमा नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ भनिएको छ ।

रास्वपाले इलाम क्षेत्र नं। २ का सम्पूर्ण मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दै निर्वाचित उम्मेदवार एमालेका सुहाङ नेम्बाङलाई शुभकामना समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !