४ जेष्ठ २०८१, शुक्रबार

कर्णाली सरकारले पायो पूर्णत, नवनियुक्त मन्त्रीले लिए शपथ

प्रकाशित मिति :  30 April, 2024 3:33 pm


काठमाडौँ । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।मुख्यमन्त्री यामलाल कँडेल नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता पाएको हो ।

गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले आज मंगलबार माओवादी र एमालेका तीनरतीन जना मन्त्री नियुक्त गरेका हुन् ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !