४ जेष्ठ २०८१, शुक्रबार

कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैनः ओली

प्रकाशित मिति :  30 April, 2024 5:05 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले सो अडान राखेका हुन् ।

अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण गर्दा केही पनि नब्रिगिएको बताए । साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उनले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेनशील बन्नुपर्ने आवश्यकता नभएको बताउँदै विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

उनले भने, “ओली धेरैले रुचिका साथ यो निर्वाचनलाई हेर्नुभयो । त्यो स्वभाविकै थियो । अनेक प्रकारका भ्रमपूर्ण कुराहरूका अभियान चलेका थिए । कोही एमाले छोडेर गएका मान्छेहरू यतै जिल्लातिरका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए । के हो, के हो ? भन्ने पनि प¥यो होला । कोही कोही पहिचान भनेको के हो, के हो ? के लाई पहिचान भन्ने ? हामी सबै नेपाली हौं ।

अध्यक्ष ओलीले अनेकौ भ्रमपूर्ण कुराहरुलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !