८ जेष्ठ २०८१, मंगलबार

भाेलिबाट सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका

प्रकाशित मिति :  30 April, 2024 5:35 pm


काठमाडौँ । काठमाडौँमा सीप मेला आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनमा टुँडिखेलमा भोलि (वैशाख १९ गते) बाट सो मेलाको आयोजना गर्ने भएको हो ।

मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताइन् । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्ष्ट पारिन् ।

मेलामा तालिमका लागि अटोमोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् ।

सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ । २९ प्रकारका पेसागत तालिम दिने र मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना रहेको पनि महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !