४ जेष्ठ २०८१, शुक्रबार

‘उपनिर्वाचनले देशमा काँग्रेस र एमाले नै मुलधारका पार्टीहरू हुन् भन्ने प्रमाणित भयो’

प्रकाशित मिति :  30 April, 2024 6:16 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा काँग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।

मंगलवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा काँग्रेस र एमाले नै मुलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताएका हुन् ।

उनले निर्वाचनले धेरै क्रान्तिकारीहरूलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे । उनले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए । उनले उपनिर्वाचनबाट काँग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए ।

उनले भने, “इलामको चुनावमा हामी कमजोर भएका छैनौँ । काँग्रेस त्यहाँ कमजोर छैन । उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो । महागठबन्धनले जितेको छ ।”

उनले हार व्यहोरेपनि नेपाली काँग्रेसको मत कमजोर नभएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !