८ जेष्ठ २०८१, मंगलबार

काठमाडौँ महानगरको सिप मेला आजबाट सुरू

प्रकाशित मिति :  1 May, 2024 10:57 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि एक महिने ‘सीप मेला’ सुरु भएको छ । महानगरको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो ।

मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी महानगरले सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भइसकेको विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिए ।

उनका अनुसार वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ ।

मेलामा तालिमका लागि अटोमोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन् ।

सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौँ महानगरपालिकाले जनाएको छ । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ । २९ प्रकारका पेसागत तालिम दिने र मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना रहेको पनि महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !