८ जेष्ठ २०८१, मंगलबार

अफगानिस्तानको मस्जिदमा बन्दुक आक्रमणमा परी ६ जनाको मृत्यु

प्रकाशित मिति :  1 May, 2024 11:05 am


काठमाडौँ । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको एक मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । साथै अन्य एक जना घाइते भएका छन् ।

आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतीन कानीले यसबारेमा जानकारी दिएका हुन् । प्रान्तको गोजारा जिल्लाको शाहराक क्षेत्रमा साँझको नमाज पढिरहेका उपासकहरूमाथि एक बन्दुकधारीले गोली चलाएपछि सो घटना भएको हो ।

मारिएका सबै सर्वसाधारण नागरिक थिए । अहिलेसम्म कुनैपनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।



प्रतिक्रिया दिनुहोस !