८ जेष्ठ २०८१, मंगलबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, उपनिर्वाचनबारे समीक्षा गर्ने

प्रकाशित मिति :  1 May, 2024 11:18 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आउँदो वैशाख २९ गते बोलाएको छ ।

उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ। रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ ।

पार्टी बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !